मंगलबार, कार्तिक १८ गते २०८३
images
images

संसदको अवरोध हटाउन आजपनि सर्बदलीय बैठक

एक्सप्रेस पाना
भाद्र ४, २०८० सोमबार
  • 273
    SHARES
  • संसदको अवरोध हटाउन आजपनि सर्बदलीय बैठक

    काठमाडौं । संसद गतिरोध अन्त्य गर्नका लागि आज पनि सर्बदलीय बैठक बोलाईएको छ। 

    images

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आब्हानमा हिजो बसेको बैठकमा सहमति जुटन नसके पछि आज पनि बैठक बोलाईएको हो। बैठक  दिउँसो ४ बजे बस्नेछ।

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै निरन्तर संसद अबरोध गरिरहेको छ। तर, सरकारले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)ले छानबिन गरेर टुंग्याउने भन्दै प्रतिपक्षी दलको माग तत्काल पुरा गर्न नसकिने जनाउँदै आएको छ। सरकार र प्रतिपक्षी दुबै दल आ आफना अडानमा कायमै राखे पछि साउन १२ गते देखी संसद चल्न सकेको छैन्।   

    images

    यसबिचमा सभामुख देवराज घिमिरेले संसद चलाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देखी प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीसहित संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग पनि छलफल गरे पनि अझै निष्कर्ष निस्कन सकेको छैन।  

    यद्धपी, सहमतिका लागि भन्दै प्रधानमन्त्री प्रचण्डले समय माग गरे पछि हिजोको बैठक स्थगित गरी साउन ६ गते प्रतिनिधिसभा बैठक बोलाईएको छ।