मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सिआईबीले लियो नेपाल र भट्टराईसँग बयान

एक्सप्रेस पाना
भाद्र ४, २०८० सोमबार
  • 262
    SHARES
  • सिआईबीले लियो नेपाल र भट्टराईसँग बयान

    काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवास प्रकरणमा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग बयान लिएको छ।

    images

    सिआईबीले नेपाल र भट्टराईसँग गएराती बयान लिएको स्रोतले बताएको छ। सिआइबी कुन ठाउमा बयान लियो भन्ने बारे स्पष्ट भएको छैन।

    तर डा. भट्टराईले सामाजिक सञ्जालमार्फत ललिता निवास प्रकरणमा आफ्नो नेतृत्वको मन्त्रिपरिषद्को निर्णय सम्बन्धमा उठेका प्रश्नहरू बारे बयान दिएको आफैले जानकारी दिएका छन्।  

    images

    उनले सिआईबिलाई उठेका प्रश्नहरूवारे सत्यतथ्यको जानकारी दिएर आफ्नो कर्तव्य निर्वाह गरेको बताएका छन्।

    उनले भनेका छन्-
    ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रीपरषदको निर्णय सम्बन्धमा उठेका प्रश्नहरूवारे सत्यतथ्यको जानकारी मेरो शुरूदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु ! यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानविन्दू बनोस् भन्ने कामना गर्दछु।

    ललिता निवास प्रकरणमा नाम मुछिएका पुर्व प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग बयान नलिएर नै सिआईबीले अनुसन्धानको रिपोर्ट सरकारी वकिलको कार्यालयलाई बुझाउन लागेको भन्दै आलोचना भइरहेको थियो। जानकारी अनुसार सिआईबीले आजै ललिता निवास प्रकरणको रिपोर्ट बुझाउने तयारी गरेको छ।