सोमबार, कार्तिक १७ गते २०८३
images
images

घट्यो सेयर बजार

एक्सप्रेस पाना
भाद्र ४, २०८० सोमबार
  • 208
    SHARES
  • घट्यो सेयर बजार

    काठमाडौ । सेयर बजार झनै सुस्त बनेको छ। नीतिगत अवरोध र चर्को बैंक ब्याजदरका कारण लाभांशको मुखमै आएर सेयर बजार थप सुस्त बनेको हो।

    images

    यस दिन नेप्से सूचक १२.९३ विन्दुले घटेर १९९८.२८ अंकमा अडिएको छ। २ कम्पनीमा सकारात्मक सर्किट लाग्दा १ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

    बजारले सोमबार २ हजारको मनोवैज्ञानिक रेखालाई समेत छाडेर १९ सयको लाइनमा आएको छ। यसले लगानीकर्ताको मनोबल कमजोर रहेको देखाएको छ। सूचकका साथमा कारोबार रकम पनि कमजोर बनेको छ।

    images

    यस दिन २७२ कम्पनीको ४१ लाख ६३ हजार कित्ता सेयर कारोबार भएको छ। ८ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइएमई लाइफ इन्स्याेरेन्स र सोल्टी होटल परेका छन्।