कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन्।
कोशी प्रदेश सभामा सोमबार भएको विश्वासको मतमाथिको मतदानमा मुख्यमन्त्री थापाले राखेको प्रस्तावको पक्षमा ४७ मत परेको थियो भने विपक्षमा ३० मत परेको थियो। आजको मतदानमा ७७ सांसद उपस्थित थिए। आजको बैठकको अध्यक्षता गरिरहेका नेपाली काँग्रेसका सांसद इस्राइल मन्सुरीले पनि विश्वासको मतको पक्षमा मतदान गरेका थिए।
मन्सुरीले विश्वासको मतदान सम्पन्न भएपछि सभाको अध्यक्षता गर्न अर्की सांसद गीता तिमल्सिनालाई बोलाएका थिए। अन्सारी मतदान गर्न गएपछि एमाले र राप्रपाका सांसदहरुले नाराबाजी गरेका थिए।
नाराबाजीका बीच विश्वासको मतको नतिजा घोषणा गरिएको थियो।
प्रदेश सभामा नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एक गरी सत्तापक्षसँग ४७ जना प्रदेश सभा सदस्य छन्। विपक्षमा भने नेकपा एमालेका ४० र राप्रपाका छ गरी ४६ जना प्रदेश सभा सदस्य छन्।
.jpg)


