आइतबार, भाद्र २८ गते २०८३
images

दयाहाङ र मिरुनाको ‘नाङ्गो गाउँ’ को ट्रेलर सार्वजनिक

एक्सप्रेस पाना
भाद्र ४, २०८० सोमबार
  • 434
    SHARES
  • दयाहाङ र मिरुनाको ‘नाङ्गो गाउँ’ को ट्रेलर सार्वजनिक

    काठमाडौँ । दीपेन्द्र लामाद्वारा निर्देशित फिल्म ‘नाङ्गो गाउँ’को ट्रेलर सार्वजनिक गरिएको छ। फिल्म राजनीतिक विषयमा केन्द्रित रहेको ट्रेलरबाट बुझ्न सकिन्छ।

    images

    चुनावी मैदानमा उत्रिएका पासाङ तामाङ (दयाहाङ राई) र जरी लामा (शिशिर वाङ्देल) बीच चुनावमा हार्ने व्यक्तिले सर्वाङ्ग नाङ्गो भएर घर जानुपर्ने सर्त लगाइएको छ। र फिल्ममा दुवै चुनाव जित्ने रणनीति बनाएको देखाइएको छ।

    फिल्ममा दयाहाङ राईको जोडी मिरुना मगरसँग बाँधिएको छ। साम्राज्ञी आरएल शाहले शिशिरको छोरीको भूमिका निभाएकी छिन्। उनको प्रेमीको भूमिकामा कार्म शाक्य छन्।

    images

    वुद्दि तामाङ, रविन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, पुष्कर गुरुङ आदिको पनि अभिनय रहेको फिल्ममा आलोक शुक्लाको छायांकन, एसडी योगी र दीपक शर्माको संगीत, बनिष शाहको सम्पादन छ। निर्देशक लामा स्वयंको कथा, पटकथा र संवाद लेखन रहेको फिल्मका निर्माता जय श्रेष्ठ, प्रस्तुतकर्ता हिमाल शर्मा र कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन्।

    फिल्म भदौ २९ गतेबाट प्रदर्शनमा आउन लागेको छ।