मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मेरो छायाँ देखेर राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा एमाले आएन- माधव नेपाल

एक्सप्रेस पाना
भाद्र ५, २०८० मंगलबार
  • 239
    SHARES
  • मेरो छायाँ देखेर राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा एमाले आएन- माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा आफ्नो छायाँ देखेर नेकपा एमाले नआएको बताएका छन्। 

    images

    नेकपा एसको मंगलबारबाट शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले  एमाले संकीर्ण पार्टी भएको आरोप पनि लगाए। 

    उनले भने ‘राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा म पनि गएको थिए। थाहा छैन मलाई किन हो एमालेका नेताहरु आएनन्। सम्भवत त्यहाँ माधव नेपालको छाँया परेको हुनाले होला उहाँहरु आउनु भएन्। 

    images

    अध्यक्ष नेपालले आफुहरुमा त्यस्तो खालको संकीर्णता र सानो चित्त पनि नभएको बताए। 

    आफुहरु सबैको मान राख्दै सबै साँझा विषयबस्तुहरुमा हातेमालो गर्दै अगाडि बढ्न चाहेको नेपालको भनाइ थियो।