संसदको अवरोध हटाउनेलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठक सिंहदरबारमा सुरु भएको छ। बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका छन्।
एमालेको मागअनुसार सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति बनाउने दलहरूबीच सहमति जुटे पनि समितिको कार्यक्षेत्रलगायतका विषयमा सहमति भइसकेको छैन।
.jpg)

