मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कोशी प्रदेशमा संविधानमाथि निर्घात आक्रमण भयो : एमाले सांसद भट्टराई

एक्सप्रेस पाना
भाद्र ६, २०८० बुधबार
  • 321
    SHARES
  • कोशी प्रदेशमा संविधानमाथि निर्घात आक्रमण भयो : एमाले सांसद भट्टराई

    नेकपा एमालेले कोशी प्रदेशमा संविधानमाथि निर्घात आक्रमण भएको बताएको छ।

    images

    प्रतिनिधिसभाको बैठकमा एमाले सांसद योगेश भट्टराईले केशी प्रदेशमा संविधानमाथि निर्घात आक्रमण भएको बताएका हुन्। सभामुख स्वतन्त्र बस्नुपर्ने तर हस्ताक्षर गरेर सकरार बनाउने काम गरिकोमा उनले आपत्ति जनाए। भट्टराईले सीआईबी र एमालेबीच अविश्वास सिर्जना गर्न खोजिएको टिप्पणी गरे। ‘सीआईबी र हाम्रोबीच अविश्वास सिर्जना गर्न खोजियो।

    एमाले राज्यको निकायप्रति अविश्वास गर्दैन। तर, हामी झस्कियौँ। सीआईबीको गाडी अनुसन्धानको ठिक ठाउँमा पुगेको हुन्छ। जब ठूला समातिनुपर्ने हुन्छ गाडी यूर्टन हुन्छ,’ उनले भने। सीआईबीले ठीक छानबिन गर्दा केही उच्च पदस्तको नाम आएपछि सीआईबीको गाडीमा ब्रेक लाग्ने गरेको उनले बताए। भुटानी शरणर्थी र ललिता निवासमा पनि त्यस्तै भएको उनले बताए। ‘चिसो पस्यो। सीआईबीलाई स्वतन्त्रपूर्वक छानबनि गर्न दिइएको छैन,’ उनले भने।

    images