काठमाडौ । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेको हो।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार बढेर १ लाख १२ हजार ९ सय रुपैयाँ पुगेको हो।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १२ हजार ३५० रुपैयाँ पुगेको छ। यसअघि यो सुनको मूल्य १ लाख १२ हजार ५० रुपैयाँ थियो।
यता, चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४५५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ। यसअघि चाँदीको भाउ १ हजार ४५० रुपैयाँ थियो।
.jpg)


