काठमाडौ । लगातार बढेको सुनको मुल्य आज स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ कायम रहेको छ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ५५० रुपैयाँ निर्धारण भएको छ। यसअघि बिहीबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको थियो।
शुक्रबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर १४ सय ५० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय ६० रुपैयाँ कायम रहेको थियो।
.jpg)


