सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको मूल्य प्रतितोला छ सयले बढ्यो

एक्सप्रेस पाना
भाद्र १२, २०८० मंगलबार
  • 330
    SHARES
  • सुनको मूल्य प्रतितोला छ सयले बढ्यो

    काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार सात सय निर्धारण गरिएको छ।

    images

    अघिल्लो दिन प्रतितोला रु एक लाख ११ हजार एक सयमा कारोबार भएका सुनको मूल्य आज प्रतितोला रु छ सयले बढेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार एक सय ५० कायम भएको छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख १० हजार पाँच सय ५० थियो।    

    images

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार चार सय ६५ तोकिएको महासङ्घले जनाएको छ। महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक  कारोबार मूल्य तोक्दै आएको छ।