सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनचाँदीको मुल्य घट्यो

एक्सप्रेस पाना
भाद्र १५, २०८० शुक्रबार
  • 363
    SHARES
  • सुनचाँदीको मुल्य घट्यो

    काठमाडौ । साताको अन्तिम दिन आज (शुक्रबार) सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको छ। 

    images

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ।

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ९५० रुपैयाँ निर्धारण भएको छ। सुनको भाउ लगातार तीन दिन बढेपछि शुक्रबार घटेको हो।

    images

    यसअघि, बुधबार छापावाल सुन १ लाख १२ हजार ८०० रुपैयाँ कायम रहेको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १२ हजार २५० रुपैयाँ निर्धारण भएको थियो। 

    यता, शुक्रबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर १४ सय ७० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय ८० रुपैयाँ कायम रहेको थियो।