मंगलबार, कार्तिक १८ गते २०८३
images
images

एमाले महासचिवसहितको २२ जनाको टोली चीन भ्रमणमा जाँदै

एक्सप्रेस पाना
भाद्र १६, २०८० शनिबार
  • 297
    SHARES
  • एमाले महासचिवसहितको २२ जनाको टोली चीन भ्रमणमा जाँदै

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल २२ सदस्यीय टोलीको नेतृत्व गर्दै आज चीन भ्रमणमा जाने भएका छन्।

    images

    १२ दिने भ्रमणका लागि शनिबार राति महासचिव पोखरेल नेतृत्वको टोली चीन जान लागेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। 

    चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पोखरेल नेतृत्वको टोली १२ दिने भ्रमणका लागि शनिबार राति चीनतर्फ प्रस्थान गर्न लागेको उनले बताए। भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलगायत केन्द्रीय तहका नेता छन्। 

    images

    भ्रमण टोलीले चीनका तीन मुख्य शहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमण गर्ने र सो क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेतासँग भेटवार्ता हुने प्रमुख गौतमले जानकारी दिए। 

    भेटमा नेपाल र चीनको द्विपक्षीय सम्बन्धका विविध पक्ष र नेकपा (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीचको पार्टीगत सम्बन्धका विभिन्न आयामबारे छलफल हुने उनले बताए। 

    भ्रमण टोलीमा महासचिव शंकर पोखरेलसहित, डा. राजन भट्टराई, राजेन्द्रप्रसाद गौतम, ज्वालाकुमारी साह, रामबहादुर मगर (राम राना), टुकाभद्र हमाल, सहदेव बोगटी, निरजप्रसाद आचार्य, मञ्जुदेवी गुरुङ, अजयकुमार गुप्ता, रचना खड्का, भगवती थापा क्षेत्री, मानवीर राई, कपिलदेव पोखरेल, लक्ष्मणकुमार शर्मा, पिताम्बर भूषाल, क्षितिज थेवे, समिककुमार बडाल, गोपाल खनाल, हुमाकुमारी डीसी, राजेश राई र सरोजकुमार रेग्मी रहेका छन्।