काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सलाई हराउँदै काठमाडौँ गोर्खाज विजयी भएको छ ।
सोमबार टियु क्रिकेट मैदानमा भएको खेलमा कर्णालीलाई काठमाडौँले ४ विकेटले हराएको हो । १८१ रनको लक्ष्य पछाएको काठमाडौँले १९.४ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । काठमाडौँको लागी रसिद खानले सर्वाधिक ५५ रन बनाए ।
यसअघि टस हारेर ब्याटिंग गरेको कर्णाली याक्सले २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।
.jpg)


