सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनचाँदीको मूल्य वृद्धि

एक्सप्रेस पाना
भाद्र १८, २०८० सोमबार
  • 314
    SHARES
  • सुनचाँदीको मूल्य वृद्धि

    काठमाडौ । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा यो दिन सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेको हो ।

    आइबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँ रहेकोमा सोमबार बढेर १ लाख १३ हजार रुपैयाँ पुगेको हो ।

    images

    त्यस्तै, यसअघि तेजावी सुन १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएकोमा आज घटेर १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार हुने भएको छ ।

    यता, चाँदीको मूल्य भने प्रतितोला पाँच रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीलाई आज १ हजार ४ सय ६५ रुपैयाँ पर्नेछ ।