असोज ३ काठमाडौं । दाङ प्रहरीले बलात्कारको उजुरी दिन्छु भनेर ५० लाख रुपैयाँ माग्ने ३ महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ की ३२ वर्षीया सीतादेवी थापा, ३५ वर्षकी खुमा वली र ३२ वर्षकी सुष्मा परियार रहेका छन्।
गत शुक्रबार पक्राउ परेका उनीहरूविरुद्ध आपराधिक लाभसम्बन्धी अपराधमा अनुसन्धान सुरु गरेको दाङका प्रहरीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए। उनीहरूले एक पुरुषलाई रेष्टुरेष्टमा कुरा गर्नु छ भनी बोलाएर बलात्कार उजुरी दिन्छु भन्दै रकम मागेको प्रहरीले बताएको छ ।
.jpg)

