सोमबार, कार्तिक १७ गते २०८३
images
images

बैतडीमा जिप दुर्घटना हुँदा तीन जना घाइते 

एक्सप्रेस पाना
आश्विन ४, २०७८ सोमबार
  • 252
    SHARES
  • बैतडीमा जिप दुर्घटना हुँदा तीन जना घाइते 

    असोज ४ बैतडी । बैतडीको दशरथचन्द नगरपालिका-२ देहिमाण्डौँमा जिप दुर्घटना हुँदा तीनाजना घाइते भएकाछन् । दशरथचन्द नगरपालिका-७ ढणौनबाट देहिमाण्डौँ तर्फ आउदैँ गरेको भे १ च १११६ नम्बरको जिप बिहान साढे ९ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    images

    दुर्घटनामा घाइते भएका २६ वर्षीय चालक जनक चन्दको हातमा गम्भीर चोट लागेको भने बाँकी दुईजनाको अवस्था सामान्य रहेको छ । घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको प्रहरी चौकी देहिमाण्डौँका प्रहरी सहायक निरीक्षक केशबसिंह भण्डारीले बताए । 

    उकालोमा ब्रेक फेल भएकाले दुर्घटना भएको हुनसक्ने र यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए । 

    images