सोमबार, कार्तिक १७ गते २०८३
images
images

विद्युतको महसुल नतिर्ने ग्राहकको लाइन काटिँदै

एक्सप्रेस पाना
आश्विन ४, २०७८ सोमबार
  • 436
    SHARES
  • विद्युतको महसुल नतिर्ने ग्राहकको लाइन काटिँदै

    असोज ४ पर्वत । नेपाल विद्युत् प्राधिकरण, पर्वत वितरण केन्द्रले विद्युत् महसुल तिर्न बाँकी रहेका ग्राहकको लाइन् कट्ने भएको छ ।

    images

    पर्वत वितरण केन्द्रले विद्युतीय मिटर रिडिङ गरेको ६० दिनसम्म पनि महसुल नबुझाउने उपभोक्ताको विद्युत् लाइन कटौती गर्ने अभियान सुरुवात गरेको हो । विद्युत् महसुल तिर्न मोटो रकम उठ्न बाँकी रहेकाले ६० दिनभित्रमा महसुल नतिरेमा लाइन काटिने र तिरेपछि मात्रै विद्युत् जडान गर्ने अभियान थालिएको वितरण केन्द्रका निमित्त प्रमुख प्रकाश काफ्लेले जानकारी दिए ।

    पर्वत वितरण केन्द्रका प्रमुख काफ्लेले जिल्लाभर यो अभियानलाई कडाइका साथ सञ्चालन भइरहेको समेत बताए। काफ्लेका अनुसार पाउनुपर्ने रकम कति छ भनेर हिसाब निकाल्ने काम भइरहेको छ । बक्यौता रहेकाहरूको खोजी गरेर लाइन काट्ने काम भइरहेको छ । 

    images

    अभियान अन्तर्गत सदरमुकाम कुश्माबजारमा मात्रै २३ जनाको विद्युत् लाइन कटौती गरिएको काफ्लेले जानकारी दिए । तीमध्ये २० जनाले कार्यालयमा आएर बक्यौता भुक्तानी गरेको उनले बताए ।