सोमबार, कार्तिक १७ गते २०८३
images
images

लागुऔषध मुद्दाका फरार प्रतिवादी ९ वर्षपछि पक्राउ

एक्सप्रेस पाना
आश्विन ५, २०७८ मंगलबार
  • 245
    SHARES
  • लागुऔषध मुद्दाका फरार प्रतिवादी ९ वर्षपछि पक्राउ

    असोज ५ लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले ९ वर्षदेखि फरार रहेका लागुऔषध मुद्दाका प्रतिवादीलाई पक्राउ गरेको छ । बेँसीसहर नगरपालिका-७ बस्ने ३२ वर्षीय रवीन्द्र घलेलाई सोमबार गाउँमै लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

    images

    पक्राउमा परेका रवीन्द्रविरुद्ध जिल्ला अदालत लमजुङले ४ वर्ष ६ महिना २९ दिन कैद र तीन हजार जरिवाना हुने फैसला सुनाएको थियो । घलेलाई जिल्ला अदालतमा पेस गरी कैद भुक्तानीको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।