सोमबार, कार्तिक १७ गते २०८३
images
images

६० हजार रुपैयाँ दिएर श्रीमान्‌को हत्या, श्रीमती पक्राउ

एक्सप्रेस पाना
आश्विन ५, २०७८ मंगलबार
  • 246
    SHARES
  • ६० हजार रुपैयाँ दिएर श्रीमान्‌को हत्या, श्रीमती पक्राउ

    असोज ५ सिरहा । सिरहा गोलबाजर नगरपालिका ४ निपनियाँका ४० वर्षीय दुखरण महराको हत्या घटनाको मुख्य योजनाकारको आरोपमा उनकी श्रीमती हरिहरदेवी महरा पक्राउ परेकी छन् । 
    भारत विहारको मधुवनीको जयनगर बजार नजिकै दुखरणको शव फेला परेको थियो । 

    images

    उनको हत्याको योजनाकारको रूपमा हरिहरदेवी पक्राउ परेकी हुन् । श्रीमान् दुखरणलाई उपचारको बाहनामा जयनगर पुर्‍याएर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए ।  

    उनका अनुसार श्रीमानको हत्याका लागि हरहरदेवीले यादवको समूहलाई ६० हजार रुपैयाँ दिएकी थिइन् । 

    images

    गत १९ भदौमा दुखरणको शव फेला परेको थियो । धारिलो हतियारको प्रयोग गरेर दुखरणको हत्या भएको थियो । उनको शव घाँटीसहित शरीरका विभिन्न भागमा चोट पटक लागेको अवस्थामा फेला परेको थियो ।न्युज कारखाना