सोमबार, कार्तिक १७ गते २०८३
images
images

चट्याङ लागेर एक जनाको मृत्यु, तीन घाइते

एक्सप्रेस पाना
आश्विन ५, २०७८ मंगलबार
  • 284
    SHARES
  • चट्याङ लागेर एक जनाको मृत्यु, तीन घाइते

    असोज ५ काठमाडौं । बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा अन्य तीन जना घाइते भएका छन् ।

    images

    घाइते हुनेमा स्थानीय ६० वर्षीय सहविरे नेपाली, १८ वर्षीया विपना नेपाली र ५७ वर्षीय लालबहादुर नेपाली हुन् । उनीहरूको जैदी स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उक्त घटनामा एउटा भैँसीसमेत मरेको स्थानीय विमल शर्माले जानकारी दिए ।