आइतबार, कार्तिक १६ गते २०८३
images
images

इजरायलको चेतावनीपछि प्यालेस्टाइनीले छोड्न थाले उत्तरी गाजा

एक्सप्रेस पाना
आश्विन २६, २०८० शुक्रबार
  • 474
    SHARES
  • इजरायलको चेतावनीपछि प्यालेस्टाइनीले छोड्न थाले उत्तरी गाजा

    काठमाडौँ । प्यालेस्टाइनीहरुले उत्तरी गाजा छोड्नेक्रम शुरु गरेका छन्। इजरायलले गाजाको उत्तरी क्षेत्रमा रहेका प्यालेस्टाइनी नागरिकलाई दक्षिणी गाजा क्षेत्रमा जान दिएको चेतावनीपछि अहिलेधेरै जसो प्यालेस्टाइनीहरु गाजाको उत्तरी भागबाट दक्षिणतस्र्फ़ जान शुरु गरेका छन्।

    images

    मिडिया रिपोर्टका अनुसार इजरायलले २४ घण्टाभित्र उत्तरी गाजाको बेइट हनोउन र गाजा सिटी खालि गर्न चेतावनी दिएको थियो। इजरायलले हमास समुहले यहि दुई ठाउबाट धेरै जसो रकेट प्रहार गरेपछि सो क्षेत्र खाली गराएर जमिनी कारवाहीको तयारी गरेको बताइएको छ।

    तर इजरायलको यस्तो चेतावनीपछि अन्तराष्ट्रिय समुदायले भने चिन्ता प्रकट गरेका छन्। गाजाकोबेइट हनोउन र गाजा सिटीमा करिब ११ लाख मानिस बसोबास गर्ने र २४ घण्टामा यति धेरैलाई खाली गराउन सम्भव नरहेको बताइएको छ। तर पनि इजरायलको चेतावनी पछि सो क्षेत्रका मानिसहरु दक्षिणतर्फ लागेका छन् । धेरै जसो हिडेर र केहि सवारी साधनमा दक्षिणी गाजातर्फ लागेको मिडिया रिपोर्टमा बताइएको छ।

    images

    विश्वकै बढी जनघनत्व भएको ठाउ गाजामा इजरायलले अहिले रकेट आक्रमण गरिरहेको र अब छिट्टै जमिनबाट पनि आक्रमणको तयारी गरेको बताइरहेको छ। इजरायलले अहिले गाजाको सीमामा आफ्ना तीन लाख रिजर्भ सेना तैनाथ गरिसकेको छ।

    यसैबीच हमास समुहले भने इजरायलको चेतावनीका बाबजुत आफ्नो घर नछोड्न आग्रह गरेको छ। 

    इजरायलको आक्रमणबाट गाजामा अहिलेसम्म १७९९ जनाको मृत्यु भएको गाजाको प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै गाजामा अहिलेसम्म ७ हजार ३८८ जना घाइते भएका छन्।