आइतबार, कार्तिक १६ गते २०८३
images
images

गाजामा मृत्यु हुनेको सङ्ख्या २२ सय नाघ्यो

एक्सप्रेस पाना
आश्विन २७, २०८० शनिबार
  • 463
    SHARES
  • गाजामा मृत्यु हुनेको सङ्ख्या २२ सय नाघ्यो

    एक साताअघि दक्षिणी इजराइलमा हमासले आक्रमण गरेपछि गाजा सहरमा इजराइली हमलामा मर्नेहरूको सङ्ख्या सात सय २४ बालबालिकासहित कम्तीमा दुई हजार दुई सय १५ पुगेको प्यालेस्टिनी अधिनस्थ क्षेत्रको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले शनिबार बताएको छ। 

    images

    मन्त्रालयले हमलामा मारिनेहरूमा चार सय ५८ महिला रहेको जनाएको छ । हमलामा आठ हजार सात सय १४ जना घाइते भएका छन्।

    यसअघिको विज्ञप्तिमा मन्त्रालयले पछिल्लो २४ घन्टामा मात्र कम्तीमा तीन सय २४ जना मारिएको जनाएको थियो।

    images