असोज ५ दारर्चुला । जिल्लाको शैल्यशिखर नगरपालिका –१ बलाँचकी ६० वर्षीया राधिका खडायतको भीरबाट लडेर मृत्यु भएको छ ।
मंगलबार घरनजिकै रहेको जङ्गलमा खर काट्न गएका बेला उनी लडेर घाइते भएकी थिइन् । घाइते खडायतलाई उपचारका लागि गोकुलेश्वर अस्पताल ल्याउँदै गर्दा बाटामै मृत्यु भएको उनका आफन्तले जानकारी दिएका छन् ।
.jpg)

