सोमबार, कार्तिक १७ गते २०८३
images
images

चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान सशस्त्र प्रहरीद्धारा बरामद

एक्सप्रेस पाना
आश्विन ५, २०७८ मंगलबार
  • 428
    SHARES
  • चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान सशस्त्र प्रहरीद्धारा बरामद

    असोज ५ काठमाडौं । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका १ स्थित सेमरीबाट असोज ५ गते सशस्त्र प्रहरीले करीव १ लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भन्सार छली अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
            
    बरामद लत्ताकपडा भन्सार कार्यालय कृष्णननगरमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डोकेबजारबाट खटिएको सशस्त्र प्रहरीले असोज ५ गते करीव १ लाख ९२ हजार रुपैयाँ बराबरको किराना सामान बरामद गरेको छ । वेवारिसे अवस्थामा राखेको उक्त सामान सशस्त्र प्रहरीले कञ्चनपुर जिल्लाको पुर्नवास नगरपालिका ११ डोकेबजारस्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको छ ।

    images

    त्यसैगरी बारा जिल्लाको विश्रामपुर गाउँपालिका १ कल्याणपुरस्थित सीमा ईलाकाबाट असोज ५ गते सशस्त्र प्रहरीले करीव १ लाख ११ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बरैनियाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय बिरगंजमा बुझाईएको छ ।

    आगलागी नियन्त्रण 

    images

    सिरहा जिल्लाको गोलबजार नगरपालिका ६ सैनिक चोकस्थित एक किराना पसलमा असोेज ४ गते राती भएको लागलागी सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएको हो । सोही ठाउँमाा रहेको साने कुमार महतोले संचालन गरेको उक्त किराना पसलमा आगलागी हुँदा करीव १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको बताईएको छ । सो आगलागीबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश गोलबजारबाट खटिएको सशस्त्र प्रहरी उक्त आगलागी नियन्त्रणमा सकृयताका साथ जुटेको हो ।