सोमबार, कार्तिक १७ गते २०८३
images
images

४० किलो चाँदी सहित रौतहटबाट एक जना पक्राउ

एक्सप्रेस पाना
आश्विन ५, २०७८ मंगलबार
  • 538
    SHARES
  • ४० किलो चाँदी सहित रौतहटबाट एक जना पक्राउ

    असोज ५ रौतहट । ४० किलो चाँदीसहित रौतहट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका वडा नम्बर २ का ३५ वर्षिय विद्यानन्द साह सोनार रहेको प्रहरीले जनाएको छ ।

    images

    प्रहरीका अुनसार मंगलबार बिहान गौर नगरपालिका वडा नम्बर ४ गौर बसपार्कमा रहेको अस्थाई प्रहरी पोष्टबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले उनलाई चाँदी सहित पक्राउ गरेको हो ।

    प्रहरीले विभिन्न सवारी साधन तथा पैदल यात्रीहरु समेतलाई रोकी चेक जाँच गर्ने क्रममा बस काउण्टरबाट दुबै हातमा कालो रंगको झोला बोकी पश्चिम तर्फ आउँदै गरेका सोनारलाई चेक जाँच गर्दा दुबै झोलामा कार्टुन भित्र सिलबन्दी गरिएको सेतो रंगको प्लाष्टिक भित्र चाँदीका स–साना टुक्राहरु फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले जानकारी दिए । प्रहरीले सुन चाँदी व्यवसायी संघबाट परीक्षण गरेर चाँदी रहेको पुष्टि गरेको उनले बताए ।

    images