सोमबार, कार्तिक १७ गते २०८३
images
images

गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

एक्सप्रेस पाना
आश्विन ६, २०७८ बुधबार
  • 242
    SHARES
  • गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

    असोज ६ गुल्मी । पहिरोले घर पुरिँदा घरमा सुतिरहेका एकै परिवारका तीन जनाको ज्यान गएको छ । गए राति गएको पहिरोले रेसुंगा नगरपालिका वडा नम्वर ८ थुम्काका तिलक परियारको घर पुरिँदा सुतिरहेका छोरीहरु २१ वर्षकी भावना परियार र १४ वर्षका जुम्ल्याहा छोरीहरु गंगा र जमुनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    images

    उनीहरु घरको एउटै कोठामा सुतेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताउनुभयो । पहिरो हटाएर शव निकालिएको छ । तिलक परियार, उहाँकी श्रीमती र एक छोरी सुरक्षित रहेको पनि जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।