सोमबार, कार्तिक १७ गते २०८३
images
images

रोल्पामा भिरबाट खसेको ढुंगाले लागेर तीन जनाको मृत्यु 

एक्सप्रेस पाना
आश्विन ६, २०७८ बुधबार
  • 835
    SHARES
  • रोल्पामा भिरबाट खसेको ढुंगाले लागेर तीन जनाको मृत्यु 

    असोज ६ काठमाडौं । रोल्पामा एकैदिन ३ जनाको मृत्युु भएको छ। मृत्यु हुनेमा आमाछोरीसहित एक पुरुष रहेका छन्। रोल्पा नगरपालिका–९ स्थित हाङ्वाङ भिरबाट खसेको ढुंगाले लागेर आमाछोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीया सङ्गीता पुन र उनकी २ वर्षीया छोरी कृतिका पुन रहेका छन्।

    images

    ‘बारीबाट घरतर्फ जाने क्रममा पहाडबाट खसेको ढुंगाले लागेर आमाछोरीको मृत्यु भएको पाइयो’, जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी नरेशराज सुवेदीले भने, ‘हामीलाई बिहानमात्रै खबर भयो। घटनास्थलमा पुग्दा शव भेटियो।’

    त्यस्तै रोल्पा नगरपालिका–३ खुमेलका ४२ वर्षीय तीर्थलाल थापाको मृत्यु भएकोे छ। बिहे भोज खाएर फर्किने क्रममा भिरबाट लड्दा थापाको मृत्यु भएको डीएसपी सुवेदीले जानकारी दिए।

    images