सोमबार, कार्तिक १७ गते २०८३
images
images

पर्सामा सात स्थानमा सशस्त्र प्रहरीका बोर्डर आउटपोष्ट

एक्सप्रेस पाना
आश्विन ६, २०७८ बुधबार
  • 263
    SHARES
  • पर्सामा सात स्थानमा सशस्त्र प्रहरीका बोर्डर आउटपोष्ट

    असोज ६ पर्सा । नेपाल–भारतसँग सिमाना जोडिएको पर्सा जिल्लाका सात स्थानमा सशस्त्र प्रहरीका बोर्डर आउटपोष्ट (बिओपी) भवन निर्माण गरिएका छन् ।

    images

    संघीय सरकारको लगानीमा प्रतिबोर्डर आउट पोष्ट करिब रु एक करोडको लागतमा भवन निर्माण सम्पन्न गरिएको सशस्त्र प्रहरी बल नेपाल नं १३ हेडक्वार्टर प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।

    भवन निर्माण भएका स्थान पर्साको आसबारी, ठोरी, ब्रह्मनगर, सुवर्णपुर, भिस्वा, पकाहामैनपुर र अमरपट्टि बोर्डर आउट पोष्ट रहेका छन्। उक्त स्थानमा बोर्डर आउट पोष्टका भवन निर्माणपछि सीमा क्षेत्रमा हुने चोरी, तस्करी, अवैध व्यापार नियन्त्रण तथा सीमा सुरक्षामा थप सजिलो हुने अपेक्षा गरिएको सशस्त्र प्रहरी उपरीक्षक खड्काले बताए ।

    images

    यसअगावै उक्त स्थानमा बोर्डर आउट पोष्टका आफ्नै भवन नहुँदा पुराना र जीर्ण अवस्थामा रहेका सरकारी तथा सार्वजनिक भवनमा गुजारा चलाइँदै आएको थियो। जिल्लामा कूल १८ बिओपीमध्ये अझै पनि १० बिओपी अन्यको भवनमा सञ्चालनमा छन् ।