असोज ६ सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं. १ को वडा कार्यालयमा आगजनी भएको छ । वडाअध्यक्ष गंगाराम सुनारले बुधबार वडा कार्यालयकै लेन्डलाइन नम्बरबाट फोन आएर आफूलाई आगजनीबारे थाहा भएको बताए । उनले दिएको जानकारीअनुसार आगजनी गर्ने व्यक्ति सोही वडाका वास्तवमा लामिछाने हुन् । आगजनीबाट वडाका कुर्सी, सोफा, दराज र त्यहाँ रहेका सबै कागजातहरू जलेर नष्ट भएका छन् । लामिछाने त्यो दिन बिहानैदेखि दुईचार जनालाई काट्नुछ भन्दै खुँडा बोकेर हिँडेका थिए ।
प्रहरीले लामिछानेलाई अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन । नगरप्रमुख देवकुमार सुवेदीले वडा कार्यालयको निरीक्षणसमेत गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी सहायक निरीक्षक कनकबहादुर शाहीले प्रहरी घटनास्थलमा पुगेको र अनुसन्धान भइरहेको जानकारी दिए ।
.jpg)

