सोमबार, कार्तिक १७ गते २०८३
images
images

सेनाले खुलायो पाइलटसहित विभिन्न पदका लागि जागिर 

एक्सप्रेस पाना
आश्विन ६, २०७८ बुधबार
  • 286
    SHARES
  • सेनाले खुलायो पाइलटसहित विभिन्न पदका लागि जागिर 

    असोज ६ काठमाडौं । नेपाली सेनाले दुई जना पाइलटसहित विभिन्न पदमा जागिर खुलाएको छ। जंगी अड्डा भर्ना छनौट निर्देशनालयले आज सूचना निकालेर विभिन्न ट्रेडका प्राविधिक अधिकृत पदमा दरखास्त आह्वान गरेको हो।

    images

    खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति हुने बताएको सेनाले इच्छुकलाई दरखास्त दिन भनेको छ। २७ जना लेखा उपसेनानी माग भएको छ। प्राविधिक उपसेनानी लाइब्रेरियन चार जना, मेकानिकल ईञ्जिनियर तीन जना, इलोक्ट्रोनिक्स ईञ्जिनियर तीन जना, प्राविधिक उपसेनानी एमबिबिएस डाक्टर १३ जना माग भएको छ। पाइलट उपसेनानी दुई जना माग भएको छ। 

    भौतिक विज्ञानमा प्लस टु वा सो सरह पास गरी इन्टरनेशनल सभिल एभिएसन अर्गनाइजेशनले मान्यता दिएको संस्थाबाट कमर्सियल पाइलट लाइसेन्स प्राप्त गरेको तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट जहाज वा हेलिकप्टरको कमर्सियल पाइलट लाइसेन्स परीक्षा पास गरेकोले दरखास्त दिन योग्य हुनेछन्।

    images

    एक जना भिडिओग्राफर पनि सेनाले माग गरेको छ। कुन पदमा कति जना माग गरेको भन्ने विस्तृत सूचना आजको गोरखापत्रमा सेनाले निकालेको सूचनामा उल्लेख छ। दरखास्त आजदेखि कात्तिक ४ गतेभित्र दिइसक्नुपर्नेछ।