मंगलबार, भाद्र २३ गते २०८३
images

ग्लोबल आइएमई बैंकको ३५१ औँ शाखा बैतडीको पाटनमा

एक्सप्रेस पाना
मंसिर ११, २०८० सोमबार
  • 334
    SHARES
  • ग्लोबल आइएमई बैंकको ३५१ औँ शाखा बैतडीको पाटनमा

    बैतडी, मंसिर ११ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैतडीको पाटन नगरपालिका वडा नं.६ स्थित पाटन बजारमा बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको छ। 

    images

    बैँकको नयाँ शाखाको समुद्घाटन पाटन नगरपालिकाका नगर प्रमुख गौरीसिंह रावलले एक समारोहबिच गरे। नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या ३५१ पुगेको छ।

    ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ३५१ शाखा, ३६९ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ। 

    images

    त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।

  • सम्बन्धित विषय:

  • # ग्लोबल आइएमई बैंक