आइतबार, भाद्र २८ गते २०८३
images

किसानहरुलाई सहुलियत कर्जा दिनुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन

एक्सप्रेस पाना
मंसिर २०, २०८० बुधबार
  • 358
    SHARES
  • किसानहरुलाई सहुलियत कर्जा दिनुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन

    जनकपुरधाम, मंसिर २० । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ।

    images

    आजपा महासचिव उपेन्द्र साहको नेतृत्वमा जनकपुरधामको बारहविग्घाबाट सुरु भएको प्रदर्शन जिल्ला प्रशासन कार्यालय धनुषासम्म पुगेको थियो। सो क्रममा जनकपुर स्थित राष्ट्र बैंकको कार्यालय अगाडी समेत प्रदर्शनकारीहरुले नारावाजी गरेका थिए। 

    आजपा मधेस प्रदेश कमिटीको आयोजनामा भएको प्रदर्शनमा सहभागिहरुले आफूहरुको माग सम्बोधन नभए यो भन्दा कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिएका छन्। प्रदर्शनमा सहभागि आजपाका महासचिव साहले आफूहरुको माग गम्भिर रुपमा लिएर सम्बोधन नगरिए मधेस बन्द गर्नुपर्ने चेतावनी सरकारलाई दिएका छन्।

    images

    ‘हामीले शान्तिपुर्ण रुपमा विरोधका कार्यक्रम गरिरहेका छौं। किसान, सर्वसधारणदेखी आम जनताका माग सम्बोधन गर्नमा सरकारले ढिलाई गरेमा हामी मधेस बन्दसम्मको कडा आन्दोलनका कार्यक्रम ल्याउँन बाध्य हुनेछौं । र त्यसको जिम्मेवारी सरकारले नै लिनुपर्ने हुन्छ’ आजपा महासचिव साहले भने। 

    आजपाले बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुबित र सहकारीहरुको सम्पूर्ण ऋण मिनाहा गर्नुपर्ने, किसानहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने लगायतका माग गरेको छ। 

    यसैगरी आजपाले मधेसमा भईरहेको सरकारी योजना र बजेटको खरीद बिक्री जस्ता भ्रष्टाचारजन्य कार्य रोक्न भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने लगायतका माग गरेको छ। आजपा महासचिव साहले पार्टीको हालै सम्पन्न स्थायी कमिटीको बैठक र मधेस प्रदेश कमिटीको बैठकको निर्णय अनुसार सर्वसधारणका मुद्धा सरकार समक्ष पुर्याउँनका लागि पार्टीले संघर्षका बिभिन्न कार्यक्रमहरु अगाडी बढाउँने निर्णय अनुसार विरोध प्रदर्शन गरिएको बताए।