सोमबार, कार्तिक १७ गते २०८३
images
images

काठमाडौंमा झण्डै १९ लाखसहित जुवातास खेल्ने पक्राउ

एक्सप्रेस पाना
आश्विन ७, २०७८ बिहीबार
  • 560
    SHARES
  • काठमाडौंमा झण्डै १९ लाखसहित जुवातास खेल्ने पक्राउ

    असोज ७ काठमाडौं । झण्डै १९ लाख रुपैयाँसहित जुवातास खेल्ने पक्राउ परेका छन् । गएराति साढे १२ बजे काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ हरहर महादेवबाट १८ लाख ७५ हजार ५ सय रुपैयाँ र सात बुक ताससहित १३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग काँडाघारीले जनाएको छ ।

    images

    स्थानीय कमल दाहालको घरमा तास खेलिरहेका बेलामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै, काठमाण्डौको कपनबाट पनि  जुवातास खेलिरहेका ६ जना २५ हजार ५ सय ५ रुपैयाँसहित पक्राउ परेका छन् ।