असोज ७ बारा । पानी तान्ने मोटरबाट करेन्ट लागेर बिहीबार बिहान बारामा एक युवकको मृत्यु भएको छ।
बाराको जीतपुर सिमरा उपमहानगरपालिका–७ लक्ष्मी टोल निवासी ३४ वर्षीय सर्फुदिन मियाँको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
बनाउँदै गरेको आफ्नो घरमा पानी हाल्न मोटर चलाउने क्रममा करेन्ट लागी अन्सारी घाइते भएका थिए। उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज ल्याउने क्रममा बाटोमा नै उनको मृत्यु भएको बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
.jpg)


