असोज ७ काठमाडौं । आगामी ११ देखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । दसैँमा घर जान चाहनेहरूलाई लक्षित गरी प्रत्येक वर्ष अग्रिम टिकट बुकिङ खुलाउने गरिन्छ । सोहीअनुसार यस वर्ष असोज ११ देखि बुकिङ खुला हुने भएको हो ।
यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंको आज बसेको बैठकले ११ गते देखि अग्रिम टिकट खुलाउने निणर्य गरेको हो । त्यस्तै घटस्थापनादेखि पूर्णिमासम्म सबै रुट खुल्ने र मालवाहक सवारी साधनलाई बेलुका मात्र गुड्ने व्यवस्था गरिने यातायात व्यवस्था विभागका प्रवक्ता डा.लोकनाथ भुषालले जानकारी दिए ।
.jpg)

