आइतबार, कार्तिक १६ गते २०८३
images
images

जापानमा भूकम्पको कारण मृत्यु हुनेको संख्या २४ पुग्यो

एक्सप्रेस पाना
पौष १७, २०८० मंगलबार
  • 303
    SHARES
  • जापानमा भूकम्पको कारण मृत्यु हुनेको संख्या २४ पुग्यो

    टोकियो । जापानको इशिकावामा नयाँ वर्षको दिन गएको ७.६ रेक्टर स्केलको भूकम्पमा अहिलेसम्म २४ जनाको मृत्यु भएको छ। 

    images

    जापान टाइम्सका अनुसार अहिलेसम्म २४ जनाको मृत्यु भएको र यो संख्या बढ्न सक्ने रहेको छ। भूकम्पपछि कैयौं ठाउमा आगो लागेको, सयवटा भवन जलेर खरानी भएको रिपोर्टमा उल्लेख छ।

    अहिले भग्नावशेषमुनि पुरिएका मानिसलाई बचाउन उद्धार कार्य जारी रहेको सरकारले बताएको छ। भूकम्पको केन्द्रविन्दु रहेको इशिकावा प्रान्तमा ३२ हजार ५०० घर बिजुलीविहीन छन्। त्यस्तै १९ अस्पतालमा बिजुली नहुँदा सर्वसाधारणलाई उपचारमा समस्या भइरहेको छ।

    images

    यसै क्रममा जापानको इशिकावा क्षेत्रमा अर्को भूकम्पको चेतावनी जारी गरिएको छ। जापानमा सोमबार पहिलो पटक गएको ७.६ म्याग्निच्युडको भूकम्पपछि ५० वटा परकम्प गएको छ। सबैको तीव्रता ३.४ देखि ४.६ बीचको थियो।

    भूकम्पपछि जापानका राजा नारुहितो आफ्नो परिवारसहितको नयाँ बर्षको कार्यक्रम रद्ध गरेका छन्।