शनिबार, भाद्र २७ गते २०८३
images

हेलिकप्टरमा खुम्बू पुगेर गायिका इन्दिरा जोशीले गरिन् इंगेजमेन्ट

एक्सप्रेस पाना
आश्विन ८, २०७८ शुक्रबार
  • 345
    SHARES
  • हेलिकप्टरमा खुम्बू पुगेर गायिका इन्दिरा जोशीले गरिन् इंगेजमेन्ट

    असोज ८ काठमाडौं । चर्चित गायिका इन्दिरा जोशीले बिहीबार ‘इंगेजमेन्ट’ गरेकी छन् । उनले इंगेजमेन्ट गरेको भिडियो राखेर धेरैले सामाजिक संजालमा बधाइ दिएपछि वास्तविकता खुलेको हो ।

    images

    गायिका जोशीले सोबारे औपचारिक रुपमा भने कतै जानकारी दिएकी छैनन् । उनले हेलिकप्टरमा खुम्बू पुगेर फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेको पाइएको छ ।

    उनले इंगेजमेन्ट गरेको भिडियो अहिले सामाजिक संजालमा जताततै छाएको छ । गायिका जोशीलाई क्याप्टेन विवेक थापाले टिकटकमा भिडियो राखेर बधाइ दिएका छन् । उक्त भिडियो अहिले भाइरल बनेको छ । उनले जोशी र केडिया दुवैलाई बधाइ दिएका छन् ।

    images

    गायिका जोशीले यसअघि नै प्रेममा रहेको बताएकी थिइन् । तरपनि उनले आफ्नो प्रेमीबारे भने खुलाएकी थिइनन् ।

    242941085_215502423824820_1054518196115923146_n.jpg