सोमबार, कार्तिक १७ गते २०८३
images
images

नारायणहिटी दरबारको श्रीपेज चोर्न खोज्ने एक जना पक्राउ

एक्सप्रेस पाना
आश्विन ८, २०७८ शुक्रबार
  • 517
    SHARES
  • नारायणहिटी दरबारको श्रीपेज चोर्न खोज्ने एक जना पक्राउ

    असोज ८ काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा अवलोकन गर्ने बहानामा श्रीपेच चोर्न लागेका एकजनालाई नेपाली सेनाले पक्राउ गरेको छ । शुक्रवार बिहान पश्चिम रुकुम मुसिकोट–११ का खीमबहादुर घर्ती अवलोकन गर्ने बहानामा सिसा फुटाएर श्रीपेच चोरी गर्न खोजेका थिए ।

    images

    तर, सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई पक्राउ गरेको थियो । सिसा फुटाएर श्रीपेच चोर्न खोज्दा उनको हात काटिएको बताइएको छ। उनी अहिले नेपाली सेनाले नियन्त्रणमा रहेका छन् भने चोरी प्रयास गर्नुको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।