आइतबार, कार्तिक १६ गते २०८३
images
images

चीनको जनसंख्या दोस्रो बर्ष पनि घट्यो

एक्सप्रेस पाना
माघ ५, २०८० शुक्रबार
  • 289
    SHARES
  • चीनको जनसंख्या दोस्रो बर्ष पनि घट्यो

    एजेन्सी । सन् २०२३ मा पनि चीनको जनसङ्ख्यामा ठूलो गिरावट आएको छ। जसअनुसार विगत दुई वर्षदेखि चीनको जनसंख्या लगातार घट्दै गएको छ। 

    images

    चिनिया सञ्चारमाध्यमका अनुसार जनसंख्या घट्नुको मुख्य कारण कोभिड १९ बाट हुने मृत्यु र जन्मदरमा आएको कमी रहेको बताइएको छ। यसले आगामी दिनमा चीनको अर्थतन्त्रमा असर पार्न सक्ने चेतावनी दिइएको छ। साथै, जन्मदरमा आएको गिरावटले चीनका लागि ठूलो समस्या खडा गर्न सक्ने आशंका गरिएको छ।

    हाल चीनको जनसंख्या १४० करोड छ। चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरोले गत वर्षदेखि हालसम्म चीनको जनसङ्ख्या २० लाख ८० हजारले घटेको जनाएको छ। विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देशमा चीन दोस्रो स्थानमा छ भने भारत पहिलो स्थानमा छ।

    images

    पछिल्लो दुई वर्षयता चीनमा कोभिड–१९ का कारण मृत्यु हुने क्रम जारी छ। यसबाहेक जन्मदरमा पनि कमी आएको छ। यी दुई कारणलाई जनसंख्या घट्नुको सबैभन्दा ठूलो कारण मानिएको चिनिया सञ्चारमाध्यमले जनाएका छन्। 

    सन् २०२२ मा चीनमा ८.५ लाख मानिसको मृत्यु भएको थियो। गत वर्षको तुलनामा प्रति हजारमा जन्मदर ६।३९ प्रतिशतले घटेको छ। चीनमा कम्युनिस्ट शासन स्थापना भएपछि पहिलो पटक यस्तो गिरावट आएको हो।

    मुलुकमा काम गर्ने व्यक्तिको उमेर १६ देखि ५९ वर्षको बीचमा रहेकोमा सन् २०२२ मा १० करोड ७५ लाखले घटेको छ। ६० वर्षभन्दा माथिका मानिसको सङ्ख्या बढेको छ। सन् २०२२ मा ६० वर्षभन्दा माथिका व्यक्तिको सङ्ख्या १६।९३ मिलियनले बढेको छ।