असोज ८ काठमाडौं । दसैँतिहारका लागि सार्वजनिक यातायात व्यवस्था विभागले समायोजित भाडादर कायम गरेको छ ।
असोज ११ गतेदेखि दसैँतिहारमा घर जानेका लागि यातायात व्यवस्था विभागले अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ ।
दसैँतिहारकै लागि उपत्यकाबाट छुट्ने लामो दुरीको यात्रा तय गर्ने अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुहरूले भने समायोजित नयाँ भाडादर नै तिर्नुपर्ने भएको छ । सरकारले गत असार २७ गते मन्त्रिपरिषदबाट निर्णय गर्दै अन्तरप्रदेश यात्रुवाहक सवारी साधनको २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको २६ प्रतिशतले भाडा वृद्धि गरेको थियो ।
.jpg)


