सोमबार, कार्तिक १७ गते २०८३
images
images

रेल सञ्चालन नहुँदै वारेन्टी सकियो

एक्सप्रेस पाना
आश्विन ९, २०७८ शनिबार
  • 534
    SHARES
  • रेल सञ्चालन नहुँदै वारेन्टी सकियो

    असोज ९ काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडले भारतसँग खरिद गरेको दुई सेट रेलको वारेन्टी सञ्चालन हुनुअगावै सकिएको छ । उक्त रेल एक वर्षअघि भारतको कोंकण रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा खरिद गरिएको दुई सेट रेलको एक वर्षे वारेन्टी सकिएको नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।

    images

    नेपाल रेल्वे कम्पनीले भारतीय रेल निर्माण कम्पनी कोंकण रेल्वे कम्पनीसँग खरिद गरी दुई सेट रेल २०७७ असोज २ गते जनकपुर ल्याई नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरेको थियो । सो रेल सोही दिन धनुषाको इनर्वा रेल्वे स्टेसनमा त्रिपालले छोपेर थन्काइएको थियो । खरिद गरेको एक वर्ष पूरा भएपछि उक्त रेलको इन्जिन र बोगीको वारेन्टी असोज ३ गते सकिएको महाप्रबन्धक झाले बताएका छन् । रेलको अनुगमन हुन बाँकी छ, बाहिरबाट हेर्दा ठीकै देखिन्छ । कानुन अभावमा रेल सञ्चालन हुनसकेको छैन ।

    कानुन आएपछि प्राविधिक टोली बोलाई रेल सञ्चालनमा ल्याइन्छ, प्रबन्धक झाले भने । किनेका दुवै सेट रेलको गत वर्ष नै ट्रायल गरिए पनि सञ्चालनमा आउने भने कुनै छाँटकाँट देखिँदैन । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

    images