सोमबार, कार्तिक १७ गते २०८३
images
images

छोराको सर्टिफिकेट लिन गएका बुबाको अरिंगालले टोकेर मृत्यु

एक्सप्रेस पाना
आश्विन ९, २०७८ शनिबार
  • 624
    SHARES
  • छोराको सर्टिफिकेट लिन गएका बुबाको अरिंगालले टोकेर मृत्यु

    असोज ९ दैलेख । दैलेखको ठाँटिकाँधमा अरिंगालको टोकाइबाट एकको ज्यान गएको छ । ज्यान गुमाउनेमा ठाटिकाँध ५ बुढागाउँका ४८ वर्षिया देबबहादुर शाही रहेको स्थानीय सूर्यबहादुर शाहीले बताएका छन् ।

    images

    बिहीबार स्कुलमा छोराको सर्टिफिकेट लिन जाने क्रममा कालो अरिंगालले शरीरमा टोक्दा घाइते भएका थिए । समाजसेवी समेत रहेका शाहीले बालबालिकाको स्कुल जाने बाटोमा अरिंगालको गोलो देखेपछि बालबालिकाकालाई असर पुरयाउने मनशायले त्यसलाई धपाउने प्रयास गरेका थिए ।

    सोही क्रममा गम्भिर घाइते भएका शाहीलाई क्षेत्रीय अस्पताल सुर्खेतमा क्रिटिकल केयर आईसीयुमा राखेर उपचारकै क्रममा शुक्रबार राति ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

    images