आइतबार, कार्तिक १६ गते २०८३
images
images

रेखाले अमेरिकामा गरिन् ‘बेबी सावर’

एक्सप्रेस पाना
माघ ९, २०८० मंगलबार
  • 340
    SHARES
  • रेखाले अमेरिकामा गरिन् ‘बेबी सावर’

    माघ ९, काठमाडौँ । अभिनेत्री रेखा थापाले ‘बेबी सावर’ गरेकी छन्। अमेरिकाको कोलोराडो स्प्रिङ्समा शनिवार रेखाले केही चिनजानका व्यक्तिहरूको उपस्थितिमा ‘बेबी सावर’ गरेकी हुन्।

    images

    श्रीमान् बलराम शाही ठकुरीले ‘बेबी सावर’को आयोजना गरेका थिए। सोही अवसरमा रेखा दम्पतीले केक समेत काटेका छन्।

    रेखाले सामाजिक सञ्जालमा ‘बेबी सावर’को एक भिडियो समेत सेयर गरेकी छन्। जसमा रेखा दम्पती निकै खुसी देखिन्छन्। 

    images

    रेखाको यो पहिलो सन्तान हो। सन्तान जन्मदिन रेखा थापा दम्पती केही अगाडि अमेरिका पुगेका हुन्। चिकित्सकले उनलाई माघ फागुनको डेलिभरी समय दिएका छन्।

    रेखाले पछिल्लो समय निर्माण अभिनय गरेको फिल्म ‘उपहार’ फागुन २५ प्रदर्शनमा आउँदैछ। उनले अमेरिकाबाटै अहिले फिल्मको भर्चुअल प्रचारप्रसार समेत गरिरहेकी छन्।