सोमबार, कार्तिक १७ गते २०८३
images
images

गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला 

एक्सप्रेस पाना
आश्विन १०, २०७८ आइतबार
  • 448
    SHARES
  • गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला 

    असोज १० काठमाडौं । बूढानीलकण्ठ नगरपालिका– ८स्थित गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ । निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्ष उमेरका एक पुरुषको शव फेला परेको हो ।

    images

    लामो समयदेखि सोही ठाउँमा हिँडडुल गर्ने मानसिक असन्तुलन भएको पुरुषको शव भएको स्थानीयवासीले बताएका छन् । प्रहरीले घटनास्थलमा आएर लास जाँच गरिरहको छ । शुक्रबारसम्म केही थाहा नभएको र शनिबार वडा कार्यालय बन्द भएकाले आज मात्रै शव देखिएको वडाध्यक्ष सुमन तामाङले बताए ।