सोमबार, कार्तिक १७ गते २०८३
images
images

मदिरा सेवन गरी स्कारपियो चलाउँदा दुर्घटना

एक्सप्रेस पाना
आश्विन १०, २०७८ आइतबार
  • 436
    SHARES
  • मदिरा सेवन गरी स्कारपियो चलाउँदा दुर्घटना

    असोज १० बैतडी । बैतडीको दशरथचन्द नगरपालिका-२ कठपाते नजिकै स्कारपियो दुर्घटनामा परेको छ । गोठलापानीबाट मेलौलीतर्फ गइरहेको म१च ६२३ नम्बरको स्कारपियो आइतबार साँझ ५ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए ।

    images

    चालक शिवनाथ-२ का २२ बर्षीय मीनराज ओझाले मदिरा सेवन गरेर स्कारपियो चलाएकाले दुर्घटना भएको प्रहरीले जनाएको छ । स्कारपियो नालीमा खसेकाले मानवीय क्षति हुन नपाएको प्रहरी निरीक्षक ओझाले बताए ।

    चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ । दुर्घटना भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । चालकले मदिरा सेवन गरेको पाइएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । स्कारपियोमा ८ जना सवार थिए ।

    images