मंगलबार, भाद्र २३ गते २०८३
images

सुनको मूल्य मंगलबार हालसम्मकै उच्च

एक्सप्रेस पाना
फाल्गुण २२, २०८० मंगलबार
  • 336
    SHARES
  • सुनको मूल्य मंगलबार हालसम्मकै उच्च

    काठमाडौं । मंगलबार  नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

    images

    आज सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेर हालसम्मकै उच्चमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    छापावाल सुन प्रतितोला एक लाख २३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख २१ हजार रुपैयाँमा कारोबार भएको थियो । 

    images

    तेजाबी सुन प्रतितोला एक लाख २२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    त्यस्तैचाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

     

  • सम्बन्धित विषय:

  • # सुनचाँदी