सोमबार, कार्तिक १७ गते २०८३
images
images

पीडितहरूलाई न्याय दिने प्रक्रिया कमजोर नबनोस्,:नारायणकाजी श्रेष्ठ

एक्सप्रेस पाना
फाल्गुण २३, २०८० बुधबार
  • 292
    SHARES
  • पीडितहरूलाई न्याय दिने प्रक्रिया कमजोर नबनोस्,:नारायणकाजी श्रेष्ठ

    काठमाडौं । निः वर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडितहरूलाई न्याय दिने प्रक्रिया कमजोर बनाउनु नहुने बताएका छन् ।

    images

    बुधवार गृह मन्त्रालयबाट बिदाइ हुँदै निवर्तमान मन्त्री श्रेष्ठले आफूले मिटरब्याजी पीडितहरूलाई न्याय दिनको निम्ति सकारात्मक भुमिका खेलेको बताए । आयोग र कानुन बनाउँदै सरकार अगाडी बढेको भन्दै पछि सबै उजुरीहरू जिल्ला प्रहरी कार्यालयमा पठाएर काम अगाडी बढाइएको उनको भनाई छ । 

    मन्त्री श्रेष्ठले  यो कामलाई फत्ते गर्नैपर्ने भन्दै अर्को मन्त्री आउँदा प्रक्रिया कमजोर नहोस् भनी सचेत गराउदैं  उनले पीडितलाई न्याय दिने काम निरन्तर रुपमा अगाडी बढाउनुपर्ने बताए । 

    images

    मन्त्री श्रेष्ठले भने, "अहिले पनि एक महिनाभित्रमा तीन हजारभन्दा बढी पीडितले न्याय पाइसके जिल्ला प्रहरी कार्यालयमा । म के भन्छु भने, यसलाई ध्यान दिइयोस् । एउटा मन्त्री गएर अर्को मन्त्री आउँदाखेरि यो प्रक्रिया कमजोर नहोस् । राज्यको अभिभारा हो पीडितलाई न्याय दिने काम । हामीले त्यसको निम्ति कतिपय प्रमुख जिल्ला अधिकारीहरूलाई तपाईँहरूको मिटरब्याजी सम्बन्धी काम राम्रो भएन भनेर सरुवा गरेका छौँ । कतिपय प्रहरी अधिकारीलाई सरुवा गरेका छौँ । हामीले दिनदिनै जस्तो ताकेता गरेका छौँ । हामीले यो कामलाई फत्ते गर्नैपर्छ । यो कामलाई निरन्तर रुपमा अगाडी बढाउन सकिनेछ ।’

  • सम्बन्धित विषय:

  • # नारायणकाजी श्रेष्ठ