काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख २३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार भने थप १५ सय रुपैयाँले बढेर १ लाख २५ हजार रुपैयाँ कायम भएको हो ।
आज तेजाबी सुन तोलामा १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै चाँदी तोलामा १ हजार ४७० रुपैयाँमा कारोबार भएको छ । बुधवार चाँदीको मूल्य प्रतितोला १४ सय ४० रुपैयाँ कायम थियो ।


