काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से २२.१० अंकले बढेको छ ।
आज १.०८ प्रतिशतले नेप्से बढेर २०५२.६५ विन्दुमा कायम भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
करोबार मध्ये १९४ कम्पनीको शेयर बढेको छ भने ४६ कम्पनीको शेयर मूल्य घटेको छ । ४ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज २ अर्ब ९२ करोड २७ लाख ७१ हजार रुपैयाँ बराबारको ७० लाख ४३ हजार ४५७ कित्ता शेयर किनबेच भएको छ ।


